बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमानको हत्या आरोपमा तीन महिलालाई इरानमा एकैदिन दिइयो मृत्युदण्ड

शुक्रबार, १३ साउन २०७९, १२ : ४५
शुक्रबार, १३ साउन २०७९

इरानी अधिकारीहरूले आफ्ना पतिको हत्या गरेको आरोपमा बुधबार तीन महिलालाई मृत्युदण्ड दिएका छन् । मानव अधिकार परोपकारी संस्थाले यसबारे जानकारी दिएको छ ।

इरानको मानव अधिकार समूहका अनुसार गत हप्ता मात्रै मृत्युदण्ड दिइएका ३२ जनामा यी पनि समावेश छन्

१५ वर्षको उमेरमा विवाह गरेकी बाल दुलहीलाई पनि श्रीमानको हत्या आरोपमा मृत्युदण्ड दिइएको छ ।  

अधिकारीका अनुसार इरानमा मृत्युदण्डको दरमा उल्लेख्य वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष हालसम्म दोब्बर मानिसलाई मृत्युदण्ड दिइसकिएको छ ।

इरानले अन्य देशको तुलनामा धेरै महिलालाई मृत्युदण्ड दिने गरेको विभिन्न अधिकार समूहले बताउने गरेका छन् । तीमध्ये धेरैलाई श्रीमानको हत्यामा दोषी ठहर गरिएको छ ।

बुधबार, इरान मानव अधिकार समूहले सोहिला अबादीलाई जेल भित्र झुण्ड्याएको जानकारी दिएको छ । उनले १० वर्ष अघि आफू १५ वर्षको हुँदा श्रीमानलाई हत्या गरेको बताइन्छ ।  

सजाय सुनाएको अदालतले हत्याको कारण ‘पारिवारिक विवाद’ बताएको छ ।

बुधवार मृत्युदण्ड दिइएका अन्य दुई महिलालाई पनि आफ्ना श्रीमानको हत्या गरेको आरोपमा दोषी ठहर गरिएको थियो, उक्त समूहले बताएको छ ।

अधिकारकर्मीका अनुसार यीमध्ये धेरै मामिलाहरुमा घरेलु हिंसा देखिएको तर इरानी अदालले प्रायः यसलाई ध्यान नै दिँदैनन् ।

इरानी अधिकारीहरूले मृत्युदण्ड दिइएका प्रत्येक मुद्दालाई आधिकारिक रूपमा घोषणा नगर्ने भएकाले मृत्युदण्डको संख्यामा सटीक तथ्याङ्कहरू उपलब्ध छैन ।

दुई अधिकार समूहद्वारा अप्रिलमा प्रकाशित एक अनुसन्धान अनुसार, गत वर्ष इरानमा दिइएको मृत्युदण्डमध्ये १६.५ प्रतिशत मात्रै आधिकारिक रुपमा सार्वजनिक गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप