बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

एक वर्षमा ३ करोड १४ लाखभन्दा बढीको पान आयात

शुक्रबार, १३ साउन २०७९, १२ : ०९
शुक्रबार, १३ साउन २०७९

नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा ३ करोड १४ लाख रुपैयाँभन्दा बढीको पानको पात आयात गरेको छ ।  २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको पानको पात नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । 

सो अवधिमा नेपालले ३ करोड १४ लाख ८७ हजार रुपैयाँको पानको पात आयात गरेको छ । विभागका अनुसार उक्त मूल्यमा १ लाख ५३ हजार १०३ केजी पानको पात नेपाल भित्रिएको छ । 

नेपाल भित्रने सबै पानको पात भारतबाट आउने गरेको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले २ करोड ३७ लाख ९४ हजार रुपैयाँमा १ लाख ३३ हजार ५७३ केजी पानको पात भारतबाट आयात गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप