सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

भर्ना शुल्क बढाएको भन्दै 'चक्रवर्ती स्कुल अफ ल'लाई विद्यार्थी संगठनको ध्यानाकर्षण

शुक्रबार, १३ साउन २०७९, ०८ : १७
शुक्रबार, १३ साउन २०७९

अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले भर्ना शुल्क बढाएको भन्दै विजुलीबजार स्थित चक्रवर्ती स्कुल अफ ल को ध्यानाकर्षण गराएको छ । चक्रवर्तीले बीए एलएलबी र एलएलएमको भर्ना शुल्क एकाउक बढाएको संगठनको आरोप छ । 

नियम कानुन मिचेर शैक्षिक सत्रको बीचबीचमा मनलाग्दी शुल्क बढाउने र आन्दोलनरत विद्यार्थीलाई  बाउन्सर लगाएर कुटपिट गर्ने काम गरेको भन्दै क्याम्पस प्रशासनको कामप्रति संगठनले आपत्ति जनाएको हो । 

संगठनले वृद्धि गरिएको शुल्क तत्काल फिर्ता लिन पनि क्याम्पस प्रशासनलाई आग्रह गरेको छ । आफूहरुको मागको वेवास्ता गरिएमा आन्दोलनमा उत्रने र त्यसपछिको परिणामको जिम्मेवार क्याम्पस प्रशासन नै हुने भेतावनी पनि अनेरास्ववियू –क्रान्तिकारीले दिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप