आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मन्दाकिनीको आईपीओमा साढे १६ गुणा बढी आवेदन

बिहीबार, १२ साउन २०७९, २१ : २८
बिहीबार, १२ साउन २०७९

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ)मा १६ लाख १० हजार ९२६ जनाको आवेदन परेको छ । आज विहीबार साँझ ५ बजेसम्मको अवधिमा उक्त आवेदकबाट आईपीओमा आवेदन परेको हो ।

उक्त आवेदनबाट १ अर्ब ८० करोड ८१ लाख रुपैयाँ बराबरको १ करोड ८० लाख ८१ हजार कित्ता सेयरका लागि आवेदन परेको छ । कम्पनीले साउन ९ गतेदेखि आजसम्म आवेदन दिन मिल्ने गरी सर्वसाधारणका लागि १० लाख ९३ हजार ७४९ कित्ता सेयर बिक्री खुलाएको थियो ।

कम्पनीले खुलाएको बिक्रीको तुलनामा परेको आवेदन साढे १६ गुणाले बढी हो । कम्पनीले १०० रुपैयाँ अंकित ११ लाख ७६ हजार कित्ता सेयर बिक्री खुलाएको थियो । जसमध्ये, २३ हजार ५२१ कित्ता सेयर कर्मचारीका लागि र ५८ हजार ०३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । यसबाट बाँकी रहेको १० लाख ९३ हजार ७४ कित्ता सेयरमा मात्रै सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था थियो ।

कम्पनीले बिक्री खुलाएको आधारमा जम्मा १ लाख ९ हजार ३७४ जनाले मात्रै सेयर पाउने छन् । उनीहरूले प्रतिव्यक्ति १० कित्ताका दरले सेयर पाउनेछन् । यसअनुसार करिब १५ लाख आवेदकको हात खाली हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप