बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

डोटेली कान्छासहित सातै प्रदेशका स्रष्टा सम्मानित

बिहीबार, १२ साउन २०७९, २० : ३२
बिहीबार, १२ साउन २०७९

 नेपाल सांस्कृतिक संघले आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सुरत रावत (डोटेली कान्छा)सहित सातै प्रदेशका विभिन्न स्रष्टा सम्मानित भएका छन् । बिहीबार बालुवाटारमा आयोजित एक समारोहबीच नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टालाई सम्मानित गरेका हुन् ।

काँग्रेसको शुभेच्छुक भातृ संघ नेपाल सांस्कृतिक संघ केन्द्रीय समितिले पार्टीका गतिविधिमा सक्रिय स्रष्टाहरूलाई सम्मान गरेको हो । २०७९ को स्थानीय तहको निर्वाचनमा खटिएर पार्टीलाई पहिलो बनाउन सक्रिय स्रष्टालाई सम्मान गरिएको सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले बताए ।

सुदूरपश्चिम प्रदेशबाट सुरत रावत (डोटेली कान्छा), कर्णाली प्रदेशबाट पूर्ण आचार्य, लुम्बिनी प्रदेशबाट डिल्ली नारायण पाण्डे, गण्डकी प्रदेशबाट चोलेन्द्र पौडेल, मधेस प्रदेशबाट जीवनाथ चौधरी,  बाग्मती प्रदेशबाट राजेन्द्र खत्रीलगायत स्रष्टालाई सम्मान गरिएको हो । स्रष्टा सम्मान कार्यक्रमको सभापतित्वमा नेपाल साँस्कृतिक संघका सभापति थापाले गरेका थिए भने कार्यक्रमको सञ्चालन महामन्त्री शिवशंकर रिजाल (जोगिन्दर पानवाला) ले गरेका थिए ।  

कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल साँस्कृतिक संघलाई साँस्कृतिक महासंघ बनाउने बताउँदै कलाकर्मीलाई राज्यको उचित स्थानमा समेत अवसर प्रदान गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप