मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडा उपमहानगरले १० हजार लिटर पानी निःशुल्क दिने

बिहीबार, १२ साउन २०७९, २० : ०५
बिहीबार, १२ साउन २०७९

हेटौंडा उपमहानगरपालिकाले नागरिकहरुलाई मासिक दश हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ । सत्तारुढ गठबन्धनले चुनावको समयमा खानेपानी र विद्युत् निःशुल्क उपलब्ध गराउने घोषणा गरे अनुसार हेटौंडा उपमहानगरपालिकाले सो निर्णय गरेको हो ।

गठबन्धनबाट निर्वाचित भएकी हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले बिहीबार हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग भएको बैठकले सो निर्णय गरेको हो । मेयर लामाको चुनावी घोषणा अनुसार उपमहानगरको वार्षिक नीति तथा कार्यक्रममा सो योजनालाई समेटिएको थियो । मेयर लामा, उपमेयर राजेश बानियाँ र १९ वटै वडाका अध्यक्षसहित खानेपानी व्यवस्थापन बोर्ड पदाधिकारीको बैठकले खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले मासिक न्यूनतम शुल्क ८५ रुपैयाँ बराबरको दश हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको उपमेयर राजेश बानियाँले जानकारी दिए । यो निर्णय खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत जडान भएको धाराहरुमा मात्र लागू हुनेछ । उपमेयर बानियाँका अनुसार २३ हजार ५ सय धाराको हकमा लागू हुनेछ ।

यस सुविधाबाट १ लाख ४५ हजार जनसंख्या लाभान्वित हुने उनको भनाइ छ । निःशुल्क खानेपानी उपलब्ध गराए बापत उपमहानगरले हेटौंडा खानेपानी बोर्डलाई वार्षिक २ करोड ३९ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउनेछ । उपमेयर बानियाँले अन्य उपभोक्ता समितिमार्फत खानेपानीको प्रयोग गर्दै आएका नागरिकहरुको हकमा विषेश निर्णयबाट आफ्नो प्रतिवद्धता पुरा गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप