बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

खानेपानी तथा सरसफाइ विधेयक राष्ट्रियसभाबाट पारित

बिहीबार, १२ साउन २०७९, १९ : ४३
बिहीबार, १२ साउन २०७९

राष्ट्रियसभाको बैठकमा खानेपानी तथा सरसफाइ विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाबाट सन्देशसहित विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको उक्त विधेयक खानेपानीमन्त्री उमाकान्त चौधरीले पारित गरियोस् भनी बिहीबार बैठकमा प्रस्तुत गरेका थिए । 

उक्त विधेयकमाथिको छलफलमा सांसद प्रकाश पन्थले भाग लिएका थिए । सांसदले उठाएका प्रश्नको जवाफमा खानेपानीमन्त्री चौधरीले विधायन व्यवस्थापन समितिमा महत्वपूर्ण छलफल भएर विधेयक समृद्ध बनाएको जानकारी दिए । उनले अहिलेको अवस्थामा संविधानलाई कार्यान्वयन तथा दीगो विकास लक्ष्य पूरा गर्न सरकारले लिएको नीति र कार्यक्रम व्यवस्थापन र कार्यान्वयनका लागि अति आवश्यक भएकाले विधेयक ल्याइएको जानकारी दिए । राष्ट्रियसभाको अर्को बैठक यही २३ गते अपराह्न १ बजे बस्ने गरी स्थगित भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप