शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

विशेषज्ञ वडा क्लिनिकबाट २६३ ले लिए उपचार सेवा

बिहीबार, १२ साउन २०७९, १९ : २४
बिहीबार, १२ साउन २०७९

धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञ वडा क्लिनिकअन्तर्गत धनगढी–७ बेली सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा दुई सय ६३ ले उपचार सेवा लिएका छन् । बुधबारको क्लिनिकमा जनरल फिजिसियनको दुई सय र स्त्री तथा प्रसूति रोग विशेषज्ञको ६३ जनाले उपचार सेवा लिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

त्यसैगरी प्रयोगशाला सेवा लिनेको सङ्ख्या ४८ र अल्ट्रासाउन्ड सेवा लिनेको सङ्ख्या सात छ । उपमहानगरपालिकाले साउन १ गतेबाट विशेषज्ञ वडा क्लिनिक सञ्चालनमा ल्याएको थियो । जसअन्तर्गत बिरामीलाई वडामै निःशुल्क स्वास्थ्य सेवा प्रदान भइरहेको छ ।

नगरवासीले स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस् र सबैलाई सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त होस भन्ने उद्देश्यले वडामा विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक सेवाको शुभारम्भ गरिएको नगरप्रमुख गोपाल हमालले जानकारी दिए । क्लिनिक सञ्चालन गर्न सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले २५ लाख बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ भने उपमहानगरपालिका क्षेत्रका औषधि व्यवसायीबाट औषधि उपलब्ध भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप