सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

देशमा सुशासन नरहेको शेखर कोइरालाको दाबी

बिहीबार, १२ साउन २०७९, १८ : ३०
बिहीबार, १२ साउन २०७९

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको दाबी गरेका छन् ।  बिहीबार काठमाडौंमा आयोजित डा. दीपकप्रकाश बाँस्कोटाद्वारा लिखित निष्‍ठाको यात्रा नामक कृतिको लोकार्पण एवं वैदिक नेपालको भविष्य नामक समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेता कोईरालाले नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन दिन सक्नुपर्ने बताए । उनले अहिलेका राजनीति कर्मीहरु जनताबाट धेरै टाढा भइसकेको बताए । उनले राजनीतिक गर्नेहरुले जनतासँग जोडिन आवश्यक रहेको बताए । नेता कोईरालाले जनतासँग जोडिन कञ्जुस्याई गर्दा जनताले राजनीतिको फाइदा लिन नसक्ने जिकिर गरे ।

नेता कोईरालाले अहिले देशको परिस्थिति अफ्ठ्यारो रहेको भन्दै सरकारको अहिलेको गति र काम गर्ने शैली सही नभएको बताए । आलस्य गरेर सत्ता सञ्चालन गर्दा देशको स्थिति कहीँको नरहने बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप