आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी सहायक मन्त्रीलाई कालो झण्डा देखाउने ७ जना पक्राउ

बिहीबार, १२ साउन २०७९, १८ : २१
बिहीबार, १२ साउन २०७९

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू लाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले गौशालास्थित पिंगलास्थानबाट ७ जनालाई पक्राउ गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विदेशमन्त्री लू को विरोधमा झण्डा देखाएका हुन् । 

पक्राउ पर्नेमा दाङ घर भएका ३४ वर्षीय प्रकाश शाहीसहित ७ जना छन् । शाही नेकपा ‘विप्लव समूह’को विद्यार्थी संगठनका अध्यक्ष हुन् । कैलाली घर भएकी ३१ वर्षीया तारा संज्याल, जुम्ला घर भएका रमेश रावत, कालिकोट घर भएका ललितजंग बम, कालिकोटकै अशोक महतरा, कैलाली घर भएका ३१ वर्षीय ललित विक र नेपालगञ्ज घर भएका प्रेम सिजापतीलाई प्रहरीले पक्राउ गरेको छ । 

सामाखुसी बस्ने तारा संज्याल नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठनकी सचिवालय सदस्य हुन् । रमेश रावत विद्यार्थीका केन्द्रिय सदस्य र ललितजंग बम काठमाडौं जिल्ला इन्चार्ज हुन् । अशोक महतरा सो पार्टीको भक्तपुर जिल्ला इन्चार्ज हुन् । 

अमेरिकी सहायक विदेशमन्त्री बिहीबार काठमाडौं आइपुगेका हुन् । विमानस्थलबाट निस्केपछि नेकपाका कार्यकर्ताले विरोध स्वरुप कालो झण्डा देखाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप