शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

बाबुरामले दर्ता गरे नयाँ पार्टी, चुनाव चिह्न आँखा

बिहीबार, १२ साउन २०७९, १८ : १९
बिहीबार, १२ साउन २०७९

तत्कालीन जनता समाजवादी पार्टी नेपाल(जसपा)बाट निष्काशनमा परेका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता गरेका छन् । निर्वाचन आयोगमा बिहीबार भट्टराईले नेपाल समाजवादी पार्टी  पार्टी दर्ता गराएका हुन्। 

पार्टीको चुनाव चिह्न आँखा रहेको छ । जुन भट्टराई नेतृत्वकै तत्कालीन नयाँ शक्ति पार्टीकाे चुनाव चिह्न हो । आयोगमा यसअघि समावेशी लोकतान्त्रिक पार्टी दर्ता भएको थियो ।  सोही पार्टीको विधान परिवर्तन गरेर नेपाल समाजवादी पार्टी दर्ता गरिएको भट्टराईका स्वकीय सचिव रमेश पोखरेलले जानकारी दिए । ‘पार्टीमा विवाद हुँदावित्तिकै निर्वाचन आयोगमा समावेशी लोकतान्त्रिक पार्टी दर्ता गरिएको थियो । सोही पार्टीको विधान परिवर्तन गरेर अहिले नेपाल समाजवादी पार्टी दर्ता गरेका छौँ,’ पोखरेलले भने, ‘चुनाव चिह्न भने तत्कालिन नयाँ शक्तिको आँखा राखेका छौँ ।’ पार्टी अध्यक्ष सहित पदाधिकारी को-को हुने भन्ने विषयमा बैठकबाट टुंगो लाग्ने पोखरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप