बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पार्टी पदाधिकारी चयन गर्छौ : प्रचण्ड

बिहीबार, १२ साउन २०७९, १७ : ०७
बिहीबार, १२ साउन २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी पदाधिकारी चयन गरेर मात्रै चुनावमा जाने बताएका छन् । पार्टी निकट उपलब्ध प्रेस सेन्टरका केन्द्रीय सदस्यको अनौपचारिक भेटघाट कार्यक्रममा प्रचण्डले सबै पोलिटब्युरो र स्थायी समितिसहित पदाधिकारी चयन गरेर जाने बताए ।

 ‘माओवादी पदाधिकारी चयन गर्न नसक्ने जस्तो हुन गयो । पदाधिकारी बनाउनै सक्दैन भन्ने भयो । हामी पार्टी पदाधिकारी छिट्टै बनाउँछौ । पार्टीको पोलिटब्युरो स्थायी समितिलाई पूर्णता दिन्छौ’ प्रचण्डले भने, ‘स्थायी समिति बैठक जारी भएकाले छिट्टै पदाधिकारीसहित सबै कमिटीलाई पूर्णता दिनेतिर लान्छौ ।’ 

यस्तै प्रेस सेन्टरसँगको भेटमा प्रचण्डले काँग्रेस सहितको पाँच दलीय गठबन्धन प्रदेश र संघको चुनावसम्म जाने प्रचण्डले बताए । ‘अहिलेको गठबन्धनबाट आगामी प्रदेश र संघको चुनावमा जाने भन्ने छ । त्यसबाट यता उता जाने भन्ने छैन’ उनले भने, ‘यहीँ गठबन्धनमा भएका दलहरुबीच अर्को खालको सहकार्य गर्ने हुनसक्छ त्यो बेग्लै कुरा भयो ।’ विचार मिल्नेहरूसँगको मोर्चाबन्दी गठबन्धनलाई नै फाइदा हुने प्रचण्डको भनाई छ ।

प्रेस सेन्टरको पदाधिकारी समेत चयन गरेर जान प्रचण्डले निर्देशन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप