बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम : एसएमईज् कम्पनीलाई पुँजी बजारमा प्रोत्साहन गर्ने

बिहीबार, १२ साउन २०७९, १६ : ५४
बिहीबार, १२ साउन २०७९

नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/८० का लागि धितोपत्र बजार तथा विनियम बजार सम्बन्धि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

नीति तथा कार्यक्रमले हाल नसमेटिएका साना तथा मझौला, लघु एसएमईज् कम्पनीहरुलाई धितोपत्र बजारमा आउन सक्नेगरी सहजीकरण गर्ने नीति लिएको जनाएको छ । यस्तै, नीति तथा कार्यक्रमले धितोपत्र कारोबारलाई पूर्ण प्रविधिमैत्री बनाउँदै चुस्त दुरुस्त बनाउने, पुँजी बजारको दायरा फराकिलो बनाउने तथा नियमन कार्यलाई कडाइ र प्रभावकारी बनाउने बताएको छ ।

यसैगरी नीति तथा कार्यक्रमले सरकारले लिएको नीति वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पनि प्राथमिक बजारमा आईपी खरिद गर्न पाउने गरी लगानीको सुनिश्चितता गर्ने बताएको छ । लामो समयदेखि योजनामा नै रहेको गैर आवासीय नेपाली (एनआरएनए) हरुलाई समेत धितोपत्र बजारमा सहभागी गराउन सहजीकरण गर्ने बताएको छ ।

धितोपत्र बोर्डको नीति तथा कार्यक्रमको मुख्य पक्षहरू
१.बोर्डको काम कारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउन उच्च प्रविधिको विकास गरिने 
२.पुँजी बजारको क्षमता तथा दायरा विस्तार गर्ने
३.बुक बिल्डिङलाई व्यवस्थित गर्न अटोमेटेड ईलेक्ट्रीक एक्सन सिष्टमको प्रयोग गर्ने
४.वैदेशिक रोजगारीमा रहेकालाई पुँजीबजारमा लगानीको सुनिश्चित गर्ने
५.साना कम्पनीहरु एसएमईज् हरुका लागि पुँजी बजारमा सहजीकरण गर्ने  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप