अवैध मुद्रा कारोबारी ५ जना पक्राउ
सुर्खेत प्रहरीले अवैध मुद्रा कारोबार गर्ने ५ जनालाई पक्राउ गरेको छ । सुर्खेतको भेरीगंगाबाट ५ जना मुद्रा कारोबारीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिम्ता गाउँपालिका–३ आग्रिगाउँका २३ वर्षीया समर विक, दैलेखको भगवतीमाई गाउँपालिका–४ का १० वर्षीया मदन विक, जाजरकोटको छेडागाड नगरपालिका–५ का २४ वर्षीया निमबहादुर विक र सोही ठाउँका ३३ वर्षीया रत्नबहादुर नेपाली रहेका छन् । यस्तै कशुे गाउँपालिका –५ खुर्पूका ३२ वर्षीया शान्तबहादुर वादी पनि पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
‘उनीहरुले भेरीगंगा नगरपालिका–१२ देउती टोलमा रहेको एक नास्ता पसलमा अवैध मुद्रा सम्बन्धी कारोबार गरिरहेको गोप्य सूचना प्रहरीलाई आएको थियो,’प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी हिराबहादुर पाण्डेले भने,‘त्यसपछि यस कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले छापा हानेको हो ।’ प्रहरीले उनीहरुको साथबाट छालाको मुद्रा जस्तो देखिने ११११ लेखिएको बस्तु फेला पारेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सक्दो सहयोग गर्छु : मन्त्री जोशी
-
जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रु १६ अर्ब लगानी
-
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’
-
दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, घटना रहस्यमय