सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

सडक दुर्घटनामा कमी ल्याउन कर्णालीमा टाइम कार्ड लागू गरिँदै

बिहीबार, १२ साउन २०७९, १६ : ११
बिहीबार, १२ साउन २०७९

कर्णालीमा सडकहरुमा दुर्घटना बढ्दै गएपछि टाइम कार्ड लागु गरिने भएको छ । त्यसका लागि प्रदेश ट्राफिक कार्यालयले कार्ययोजना तयार पारिरहेको छ । दुर्घटनाको उच्च जोखिममा रहेका सडक खण्डहरूमा तत्काल टाइम कार्ड लागु गरिने ट्राफिक प्रमुख प्रहरी निरीक्षण भुवनेश्वर तिवारीले बताए । 

विशेषगरी कर्णाली राजमार्गमा दैनिकजसो सवारी दुर्घटना हुने गरेका छन् । साँघुरो र खाल्डै–खाल्डाले जीर्ण राजमार्गको अहिलेसम्म स्तरोन्नती हुन सकिरहेको छैन । जसका कारण सवारी साधनहरु दुर्घटनामा पर्ने गरेका छन् । 

टाइम कार्ड लागु गरेपछि अनियन्त्रित रुपमा हुइँकिने र दुर्घटनामा कमी आउने विश्वास ट्राफिक प्रहरीले लिएको छ । प्रहरी उपरीक्षक तिवारी भन्छन्,‘ जहाँ–जहाँ दुर्घटनाको उच्च जोखिम छ त्यहाँ तत्काल टाइम कार्ड लागु हुन्छ । सुर्खेत–दैलेख सडक खण्डमा भने यसअघि टाइम कार्ड लागु भइसकेको अबस्था छ ।’

यस्तो सिस्टम लागु भएपछि सार्वजनिक सवारी साधनको गति नियन्त्रणमा आउने र दुर्घटनामा कमी आउने अपेक्षा हामीले लिएका छौं,’उनले भने । 

प्रदेश ट्राफिक कार्यालयले प्रस्तुत गर्ने वार्षिक विवरण अनुसार कर्णालीमा बर्षेनी सयौं नागरिकहरुले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । ट्राफिक कार्यालयले उपलब्ध गराएको विवरण अनुसार  विगत तीन आर्थिक बर्षमा कर्णालीमा सडक दुर्घटनामा परी ३९२ जनाले ज्यान गुमाएका छन् । 

आर्थिक वर्ष २०७६–०७७ देखि ०७८–०७९ मा प्रदेश भर ४०२ वटा सवारी साधनहरु दुर्घटनामा परेका छन् । जसमा आव २०७८–०७९ मा १८० जनाले ज्यान गुमाएका छन्, भने ३६२ जना गम्भीर घाइते भएका छन् । 

यस्तै आव ०७६–०७७ मा ९७ जनाको ज्यान गएको छ भने आव ०७७–०७८ मा ९८ जनाले सडक दुर्घटनामा परी ज्यान गुमाएको ट्राफिकसँग तथ्याङ्क छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप