शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

नेप्से परिसूचक १५ अंकले बढ्यो, झण्डै ५ अर्बको कारोबार

बिहीबार, १२ साउन २०७९, १५ : ५५
बिहीबार, १२ साउन २०७९

आज विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.४९ अंकले बढेको छ । कारोबार समयदेखि बढ्न थाले पनि अन्तिम समयमा घट्ने प्रयास गरेको नेप्से बन्द हुँदासम्म दोहोरो अंकले बढेको हो । यसक्रममा आज ४ अर्ब ९७ रुपैयाँ बराबरको कारोबार भएर १ करोड १९ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज बजार बढेपनि तीनवटा समूहमा भने गिरावट आएको छ । निर्जीवन बीमा समूह, उत्पादनमूलक र अन्य समूहमा गिरावट आएको हो । हिजो मंगलबार नेप्से परिसूचक २३ अंकले बढेको थियो । यस्तै, हिजो ३ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । 

उत्पादनमूलक समूह २४ अंकले घट्दा अन्य समूह ३ अंकले र निर्जीवन बीमा समूह ०.५५ अंकले घटेको छ । यीबाहेक अन्य समूहमा भने सुधार आएको छ । विकास बैंक समूह ८५ अंकले बढ्दा होटल, लघुवित्त समूह ७० अंकले र टुरिजम समूह ६४ अंकले बढेको छ ।

यसैगरी, जलविद्युत समूह २९ अंकले बढेको छ भने जीवन बीमा समूह १५ अंकले बढेको छ । बजार बढेको दिन विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३ रुपैयाँ बढेर ३६७ रुपैयाँ पुगेको छ ।

यसका साथै, राष्ट्र उत्थान लघुवित्त वित्तीय लिमिटेडको सेयर मूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता ११ सय ७१ रुपैयाँ पुगेको छ । यसक्रममा आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०६ अंक बढेको छ । यस्तै, एक्सेल विकास बैंकको सेयर मूल्य समेत ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप