अतिरञ्जित एवं दुष्प्रचारयुक्त सामग्री रोक्न काउन्सिल गम्भीर छ : अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आमसञ्चार माध्यमबाट हुने अतिरञ्जित एवं दुष्प्रचारयुक्त सामग्री रोक्न प्रेस काउन्सिल गम्भीर रहेको बताएका छन् । बिहिबार नेपाल मतदाता अधिकार मञ्चले निर्वाचनको समयमा सामाजिक सञ्जालको दुरुपयोग रोक्नुपर्ने माग गर्दै प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराउने क्रममा अध्यक्ष बस्नेतले सो कुरा बताएका हुन् ।
मञ्चका अध्यक्ष भक्त विश्वकर्मा लगायतको टोलीले ध्यानाकर्षण पत्र बुझाउँदै मिथ्या र भ्रमपूर्ण अभिव्यक्तिलाई निरूत्साहित गर्न माग गरेका छन् । बस्नेतले दुष्प्रचारयुक्त सामग्री तथा द्वैषपूर्ण अभिव्यक्तिलाई स्थान नदिन गत स्थानीय तहको चुनावमा काउन्सिलले प्रभावकारी अनुगमन गरेको बताए । उनले पत्रकारको सामाजिक सञ्जालको समेत अनुगमन गरी कुनै दल वा उम्मेदवार विशेषको प्रचार–प्रसारलाई अतिरञ्जना गर्ने, आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टिकाटिप्पणी गर्ने, आरोपप्रत्यारोप, दुष्प्रचार, चरित्र हत्या हुने किसिमका सामग्रीको सुक्ष्म अनुगमन गरी तत्कालै सचेत गराइएको जानकारी गराए ।
अध्यक्ष बस्नेतले भने–‘अनुगमनबाट चरित्र हत्या हुनेगरी अतिरञ्जित एवं दुरासययुक्त सामग्री सञ्जालबाट सम्प्रेषण हुँदा पहिलो चरणमा ‘क्वीक रेस्पोन्स’ स्वरुप टेलिफोनबाट सचेत गरायौँ ।’ अब आउने निर्वाचनमा पनि गलत समाचार, दुष्प्रचार र घृणास्पद (द्वेषपूर्ण) अभिव्यक्ति सञ्चार माध्यमबाट सम्प्रेषण हुनसक्ने भएकाले यसबारे काउन्सिलले आयोगसँग छलफल गरेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने