सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

ट्राफिक प्रहरीद्वारा २० वटा चोरीका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

बिहीबार, १२ साउन २०७९, १५ : १६
बिहीबार, १२ साउन २०७९

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान मोटरसाईकल र स्कुटर खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको छ । ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच विभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र ४ वटा स्कुटर सम्बन्धित धनीहरुलाई बुझाएको हो । प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ती मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका थिए । 

‘हाम्रो टोलीले उपत्यका आसपासको इलाकामा विशेष सूचना संकलन गरि अपरेसनमा गई मोटरसाइकलहरु बरामद गर्छ र चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृतहरुमा पठाउने गरेका छौं । अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेका छौं,’ प्रहरी वरिष्ठ उपरीक्षक भट्टले भने । 

भट्टले हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयं सवारी धनी पनि विशेष चनाखो र सजग हुनुपर्ने बताए । सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरूको समेत प्रयोग गर्न उनले अनुरोध गरेका थिए । 

मोटरसाइकल चोरीका घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी सक्रिय रहेको र नियन्त्रणका लागि विशेष अभियानलाई प्रभावकारी बनाउन पीडित सहायता इकाइबाट सादा पोसाकमा थप ट्राफिक प्रहरी समेत परिचालन गरिएको उनले जनाए ।

सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाइन मार्फत समेत निवेदन दिन ट्राफिक कार्यालयले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप