पत्रकार, विद्यार्थी र ज्येष्ठ नागरिकलाई नगरबसमा ५० प्रतिशत छुट
बिहीबार, १२ साउन २०७९, १५ : ०१
दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन गरेको नगरबसमा यात्रा गर्ने पत्रकार, ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशतसम्म भाडा छुट दिने निर्णय गरेको छ ।
नगरबसमा यात्रा गर्ने ६८ वर्षमाथिका पालिकाले वितरण गरेको क, ख र ग वर्गमा परेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, पत्रकार र विद्यार्थीलाई तोकिएको भाडादरमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।
नगरबसमा छुट सुविधा लिने व्यक्तिले यात्रा गर्दा आफ्नो परिचयपत्र अनिवार्य देखाउनुपर्ने नगरप्रमुख बाजीसिंह खड्काले जानकारी दिए । नगरपालिकाले नगरबसमा यात्रा गर्नेलाई ५० प्रतिशत छुट दिने निर्णय गरेपछि यहाँका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विद्यार्थी निकै खुसी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?