शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१७० क्यारेटको दुर्लभ गुलाबी हिरा भेटियो, ३०० वर्षको सबैभन्दा ठूलो

बिहीबार, १२ साउन २०७९, १४ : ०१
बिहीबार, १२ साउन २०७९

अंगोलामा केही उत्खननकर्मीले एउटा यस्तो दुर्लभ हिराको खोजी गरेका छन् जसलाई पछिल्लो ३०० वर्षको सबैभन्दा ठूलो गुलाबी हिरा मानिएको छ ।

१७० क्यारेटको गुलाबी हिरालाई लुलो रोज नाम दिइएको छ । हाल यो शुद्ध रुपमा छ । अब यसको कटिङ र पोलिसिङ बाँकी छ । त्यसपछि यो हिराको सही मुल्यबारे अन्दाज लगाउन सकिनेछ । अंगोलामा यो हिरालाई अष्ट्रेलियन कम्पनीका उत्खननकर्मीले भेटेका हुन् ।

यो दुर्लभ गुलाबी हिरालाई ‘द लुलो रोज’ नाम यसकारण दिइयो किनभने यसको पत्ता लुलो खानीमा भएको हो । लुलो खानी अंगोलाको उत्तर–पूर्वमा अवस्थित छ । यहाँको जमिनमा अत्यधिक हिरा छ भन्ने गरिन्छ । त्यसैले अष्ट्रेलियन हिरा उत्खनन कम्पनी लुकापाले यहाँ लगानी गरेको छ । द लुलो रोज टाइप टुए हिरा हो । अर्थात् प्राकृतिक रुपमा अत्यधिक शुद्ध र दुर्लभ । यो हिराको खबर पाएपछि अंगोलाको सरकार र उत्खनन कम्पनी असाध्यै खुसी छ ।

अंगोलाको मिनरल रिसोर्समन्त्री दियामन्तीनो अजेवेदोले द लुलो रोजको खोज एक रेकर्ड भएको बताएका छन् । यो हिरालाई अन्तरराष्ट्रिय स्तरमा टेन्डर गरेर बेचिनेछ । अहिले यसको कटाई, छँटाई र पोलिसिङ बाँकी छ । यति गर्दा यसको तौल करिब ५० प्रतिशतसम्म घट्नेछ । तर यसअघि जुन दुर्लभ गुलाबी हिरा बिक्रि भएका छन्, त्यसले निकै राम्रो मूल्य पाएका छन् । यसबाट पनि यस्तै आशा गरिएको छ ।

सन् २०१७ मा ५९.६ क्यारेटको गुलाबी हिरा हङकङको लिलामीमा ७१.२ मिलियन डलर (९ अर्ब रुपैयाँ) मा बिक्रि भएको थियो । यो हालसम्मको सबैभन्दा महँगोमा बिक्रि भएको गुलाबी हिरा थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप