लुम्बिनी प्रदेशमा डेढ वर्षदेखि रिक्त चार संसदीय समितिले पाए पूर्णता

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन मिति घोषणा गर्ने तयारी भइरहेको समयमा लुम्बिनी प्रदेशका विभिन्न विषयगत संसदीय समितिलाई बिहीबार पूर्णता दिइएको छ । डेढ वर्षदेखि रिक्त रहेका ४ विषयगत समितिको नेतृत्व बल्ल चयन भएको हो ।
६ विषयगत समितिमध्ये अर्थ, उद्योग तथा पर्यटन समिति, कृषि, वन तथा वातावरण समिति, सामाजिक विकास समिति र सार्वजनिक लेखा समिति नेतृत्वविहीन थिए । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले रातोपाटीलाई दिएको जानकारी अनुसार ती समितिका सभापतिमा एकल उम्मेदवारी परेको थियो । बिहीबार ती चारै समितिले सभापति सर्वसम्मत चयन गरेका हुन् ।
बिहीबार भएको निर्वाचन प्रक्रियाबाट एमालेका प्रदेशसभा सदस्य विष्णु पन्थी सार्वजनिक लेखा समितिको समितिमा चयन भएका छन् । यस्तै, एमाले सांसद जाल्पा भुसाल कृषि, वन तथा वातावरण समितिको सभापति, एमालेकै बाबुराम गौतम सामाजिक विकास समितिको सभापति बनेका छन् । यसैगरी अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा जनमोर्चाकी तारा जिसी चयन भएकी छन् ।
प्रदेशसभाका ६ विषयगत समितिमध्ये एमालेले ४, माओवादीले एक र जनमोर्चाले एक समितिको नेतृत्व पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको समृद्धिमा बिचौलिया र भ्रष्टाचार प्रमुख बाधक : डा.वाग्ले
-
आत्मा र पुनर्जन्म हुन्छ ?
-
अपरेसन सिन्दूरमा कान्दाहार अपहरणका मास्टर माइन्डसहित ५ आतंकवादी मारिए : भारत
-
नयाँ बजेटमा आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल
-
साउदी अरबका विदेशमन्त्रीद्वारा भारत र पाकिस्तानसँग छलफल
-
उपसभामुख राना बङ्गलादेश प्रस्थान