ट्राफिक प्रहरीद्वारा ट्रिपर चालकमा लागुऔषध सेवन चेकजाँच
बिहीबार, १२ साउन २०७९, १२ : ५४
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्रिपर चालकमा लागुऔषध सेवन चेकजाँच थालेको छ । यसअघि मोटरसाइकल र ट्याक्सीहरूमा चेकजाँच भएकामा अन्य सवारीसाधनमा पनि चेकजाँच सुरु भएको हो ।
चालकहरूले लागुऔषध सेवन गरी सवारी चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित चेकजाँच थालिएकामा बुधबार राति काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल , बनेपाको संयुक्त टोलीले भक्तपुरको जगाते सडकमा ट्रिपर चालकमा चेकजाँच गरेको हो ।
चेकजाँचका लागि आवश्यक प्रविधिक टोली र किट जनस्वास्थ्य प्रयोगशाला धुलिखेलले उपलब्ध गराएको थियो । अझै उक्त चेकजाँच कार्यलाई उपत्यका भर वृहत रुपमा सञ्चालन गरिने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी