शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मङ्कीपक्स : के समलिङ्गीलाई मात्रै लाग्छ यो रोग ? यौनसम्पर्कमार्फत् सर्छ ? यस्ता पाँच भ्रम र तथ्य

बिहीबार, १२ साउन २०७९, १२ : ४३
बिहीबार, १२ साउन २०७९

हाल भारतमा मङ्कीपक्सका कुल चार जनामा ​​संक्रमण देखिएको छ । केरलाका तीन र दिल्लीका एक जनामा ​​यसको भाइरस पुष्टि भएको छ । छिमेकी देशमा यो भाइरस देखिइसकेकोले नेपाल पनि यसको उच्च जोखिममा रहेको छ ।

विश्व स्वास्थ्य संगठनले मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकालको रूपमा घोषित गरिसकेको छ । त्यसपछि सर्वसाधारणको मनमा लकडाउन, प्रतिबन्ध र सामाजिक दुरीको डरले डेरा जमाउन सुरु गरेको छ । कोभिड महामारीपछि यो नयाँ भाइरस पुनः समुदायमा आउने हो कि भन्ने पिरले धेरैलाई सताएको छ ।

नयाँ भाइरससँग सम्बन्धित विभिन्न प्रश्नहरूको बीच यहाँ यस्ता थुप्रै भ्रामक कुराहरु र दाबी छन् जुन तीब्र रुपमा फैलिरहेका छन् ।

उदाहरणका लागि, मङ्कीपक्स कोभिड-१९ जस्तै एउटा नयाँ महामारी हो भन्ने गरिन्छ । यस्तै, समलिङ्गीहरुमाधै यसको जोखिममा छन् पनि भन्ने गरिन्छ ।  

यस्तै, यसको कुनै उपचार छैन पनि भन्ने गरिन्छ । यस्तै शारीरिक सम्बन्ध राख्दा मङ्कीपक्स हुन सक्छ, र यो पहिचान गर्न हाल परीक्षणको कुनै पनि सुविधा छैन पनि भन्ने गरिन्छ ।

बीबीसीले तपाईंलाई यी भ्रामक कुराहरूको सत्यताबारे जानकारी दिएको  छ । यहाँ विश्व स्वास्थ्य संगठनको वेबसाइटलाई उद्धृत गरेर यी सबै जानकारी साझा गरिएको छ ।

पहिलो प्रश्न -  मङ्कीपक्स के नयाँ कोभिड–१९ जस्तो एउटा नयाँ महामारी हो ?

यसको सरल जवाफ हो ( होइन । डब्लुएचओका अनुसार मङ्कीपक्स अन्य संक्रमणजस्तो संक्रामक होइन, न त यो कोभिडजस्तो  मानिसमा सजिलै सर्छ ।

मङ्कीपक्सको संक्रमण संक्रमित व्यक्ति वा उसले प्रयोग गर्ने चीजहरूसँगको प्रत्यक्ष सम्पर्कबाट फैलिन्छ ।

यसको भाइरस हाम्रो छालामा भएको कुनै घाउ वा आँखा, नाक वा मुखको बाटो हुँदै शरीरमा प्रवेश गर्नसक्छ ।

यौन सम्पर्कबाट पनि यो संक्रमण फैलन सक्छ । यस्तै, संक्रमित जनावर जस्तै बाँदर, मुसालगायतको सम्पर्कमा आएपछि पनि यो फैलने गर्छ । यस्तै, सासबाट पनि यसको संक्रमण फैलनसक्छ । तर मङ्कीपक्स कोरोना जत्तिको संक्रामक भने छैन ।

दोस्रो प्रश्न– समलिङ्गीहरू मात्र जोखिममा छन् ?

विश्व स्वास्थ्य संगठनका महानिर्देशक जनरल डा. टेड्रोस एडठनम गेब्रेयससले मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकालका रूपमा घोषणा यसको संक्रमण प्रायः समलिङ्गी पुरुषहरूमा देखिएको बताए ।

तर यहाँ के बुझनुपर्छ भने मङ्कीपक्सले कसैलाई पनि प्रभावित गर्न सक्छ । यदि तपाईं संक्रमित व्यक्ति वा उनको संक्रमित सामानसँग लामो समयसम्म सम्पर्कमा हुनुहन्छ भने तपाईंलाई पनि यो रोग लाग्न सक्छ ।

यसबाहेक स्वास्थ्यकर्मी र यौनकर्मीलाई पनि संक्रमणको जोखिम हुन सक्छ ।

अर्कोतर्फ, गर्भवती महिला, साना बालबालिका र स्वास्थ्य समस्या भएका व्यक्तिहरूले विशेष रूपमा सुरक्षित हुन आवश्यक छ ।

तेस्रो प्रश्न – यसको कुनै उपचार छैन ?

अधिकांश अवस्थामा, उपचारको आवश्यकता पर्दैन । सबै लक्षण क्रमशः कम हुँदै र हराउँदै जान्छन् । आवश्यक परे  दुखाइ र ज्वरोको लागि औषधि खान सकिन्छ ।

बिरामीले पौष्टिक खाना खानुपर्छ, आफूलाई हाइड्रेटेड राख्नुपर्छ र पर्याप्त सुत्नुपर्छ ।

छालामा उठेका फोका वा दागलाई नछुनुहोस् । नकन्याउनुहोस् । यी घाउलाई समय समयमा सफा पानी र एन्टिसेप्टिकले सफा गरिरहनुपर्छ ।

सीडीसी, अर्थात् संयुक्त राज्य रोग नियन्त्रण तथा रोकथाम केन्द्रले आफ्नो वेबसाइटमा मङ्कीपक्सविरुद्ध प्रभावकारी भएका केही औषधिहरूबारे पनि उल्लेख गरेको छ । जस्तै – भ्याक्सिनिया इग्युनोग्लोबुलिन, एसटी–२४६ र सिडोफोविर ।

मङ्कीपक्सको रोकथाम र उपचारका लागि JYNNEOSTM नामको एउटा भ्याक्सिन पनि उपलब्ध छ जसलाई थुप्रै देशमा प्रयोग गर्न मञ्जुरी पनि दिइसकिएको छ । यसलाई इम्वाम्युन वा इम्वेनेक्स नामले पनि चिनिन्छ ।

युरोपेली मेडिसिन एजेन्सीले सन् २०२२ मा मङ्कीपक्सको उपचारका लागि टेकोभिरिमेट नामको एन्टिभाइरल पनि विकास गरेको छ ।

यसबाहेक, एउटा स्मल पक्सको खोप पनि छ जसको नाम ACAM2000 छ ।  स्वास्थ्य अधिकारी यो भ्याक्सिन मंकीपक्सविरुद्ध पनि प्रभावकारी हुन्छ भन्ने मान्यता राख्छन् ।

चौथो प्रश्न – के सेक्स गर्दा मङ्कीपक्स हुन्छ ?

सामान्यतया यस्तो हुँदैन । यदि तपाईंको शरीरको कुनै भागमा रातो दाना वा बिमिराजस्ता मङ्कीपक्सका लक्षणहरू छन् र त्यस्तो अवस्थामा तपाईंले कुनै सुरक्षाविना यौनसम्पर्क गर्नुभयो भने तपाईको शरीरको संक्रमण तपाईंको पार्टनरको शरीरमा पुग्छ र उनी पनि मङ्कीपक्सको शिकार हुन सक्छन्  ।

मङ्कीपक्सबाट संक्रमित व्यक्तिहरूलाई निको भएपछि १२ हप्तासम्म यौनसम्पर्क गर्दा कन्डम प्रयोग गर्न सल्लाह दिइन्छ । यसो गर्दा त तपाईं मङ्कीपक्सबाट सुरक्षित त हुन सक्नुहुन्न तर यसले तपाईं र तपाईंको पार्टनरलाई अन्य यौनरोगबाट जोगाउन सक्छ ।

जसका धेरै यौन पार्टनर छन्, उनीहरुलाई  विशेष सावधानी अपनाउन सल्लाह दिइएको छ ।

यस्तै, यहाँ ध्यान दिनुपर्ने अर्को कुरा के पनि छ भने मङ्कीपक्स केवल यौन सम्पर्क गरेर मात्र हुने होइन । यदि तपार्इं कुनै पनि संक्रमित व्यक्तिको नजिकको सम्पर्कमा हुनुहुन्छ भने, तपार्इं संक्रमणको जोखिममा हुन सक्नुहुन्छ ।

पाँचौं प्रश्न – के त्यहाँ मङ्कीपक्स परीक्षण गर्न कुनै सुविधा उपलब्ध छैन ?

कोविड जस्तै मंकीपक्सको परीक्षणका लागि पनि आरटीपीसीआर परीक्षण गरिन्छ ।

कोभिड परीक्षणका लागि घाँटी र नाकको स्वाब लिइन्छ भने मंकीपक्समा शरीरमा देखिएका डाबर भित्रको पानीको परीक्षण गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप