स्याङ्जा १ (ख) मा बाम गठबन्धनका गुरुङ विजयी
मङ्गलबार, २६ मङ्सिर २०७४, १५ : ३९
वालिङ– प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा (ख) मा वाम गठबन्धनका मीनप्रसाद गुरुङ विजयी भएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष गुरुङ निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तुलसी गिरीलाई पाँच हजार पाँच हजार ७३८ मतले पराजित गरी विजयी भएका हुन् ।
गुरुङले २० हजार २४८ र उनका निकटतम प्रतिद्वन्द्वी काँगे्रसका गिरीले १४ हजार ५ सय १० मत प्राप्त गरेका हुन् । यस प्रदेशमा कूल खसेको मतमा ८०८ मत बदर भएको थियो ।
यसअघि स्याङ्जा १ प्रदेशसभा (क) मा पनि वाम गठबन्धनका दीपक चर्ती मगर विजयी भएका छन् । स्याङ्जामा जारी पछिल्लो मतगणनानुसार प्रतिनिधिसभाका दुवै स्थान बाँकी दुई प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
-
कविता सुनाएर फिल्म प्रचार गर्दै ‘मनसरा’
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी