जनकपुरधाममा रकम लुट्ने दुई युवक पक्राउ
जनकपुरधामबाट रकम लुट्ने दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
एक नीजि बैंकबाट रकम झिकेर गन्तव्य तर्फ जाँदै गरेकी एक महिलाबाट झोलामा रहेको रुपैयाँ र मोवाईल खोसेर फरार रहेका दुई युवकलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर-७ बस्ने २० वर्षीय जितेन्द्र प्रसाद साह र २१ वर्षीय दिपेन्द्र मण्डल रहेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।
गत सोमबार वैदेशिक रोजगारीमा रहेका श्रीमानले पठाएको दुई लाख रुपैयाँ मिल एरिया स्थित रहेको एभरेष्ट बैँकबाट पैसा झिकेर प्लाष्टिकको झोलामा मोबाइल र सो रकम लिएर घर जाँदै गरेकी शर्मिला देवीको झोला लुटेर युवक फरार भएका थिए ।
घटना पछि जानकारी पाएका प्रहरीले दुबै युवकलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट लुटिएको मोबाइल र ५४ हजार रुपैयाँ नगद तथा दिपेन्द्रको साथबाट ७८ हजार रुपैयाँ बरामद गरिएको प्रहरी उपरीक्षक रजौरेले बताए । दुवैजनाले रुपैयाँ लुटेपछि भागवण्डा समेत गरिसकेको थिए ।
धनुषा प्रहरीले दुवैजनालाई मोबाइल र रुपैयाँ सहित लुटमा प्रयोग भएको प्रदेश २–०२–००५ प ८५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा