शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अर्काको नाममा परीक्षा दिने पक्राउ

बिहीबार, १२ साउन २०७९, ११ : ५७
बिहीबार, १२ साउन २०७९

चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा संचालन भइरहेको विविएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा बुधबार एक युवक पक्राउ परेका छन् । राजदेवी नगरपालिका–१ बस्ने २० वर्षीय राजन तिवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 

उक्त क्याम्पसमा नक्कली प्रशिक्षार्थीले परीक्षा दिइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले अनुगमन गर्दा तिवारीले आफ्नो दाइको नाममा परीक्षा दिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप