शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सुनसरी पुलमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बिहीबार, १२ साउन २०७९, ११ : ३४
बिहीबार, १२ साउन २०७९

सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–४ र ५ को सिमानामा रहेको सुनसरी पुलमा हिजो साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा धनुषाको बर्दिबास नगरपालिका–६ का २९ वर्षीय बालकृष्ण राना मगर रहेका छन् । 

दुर्घटनामा गम्भिर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा हिजो बेलुकी साढे ७ बजे मृत्यु भएको हो ।  पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको भारतीय नम्बरको स्कारपियो जिपले विपरित दिशाबाट जाँदै गरेको ना ६३ प ४०७५ नम्बरको मोटरसाइकललाई हिजो साँझ ६ बजे ठक्कर दिएको थियो । 

जिपसहित चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप