इराकमा सयौँ प्रदर्शनकारी संसद भवन पसे
बिहीबार, १२ साउन २०७९, ११ : ३५
![इराकमा सयौँ प्रदर्शनकारी संसद भवन पसे](https://rpcdn.ratopati.com/media/albums/iraq_2im7bH4OwA.jpg)
इराकको बग्दादको अति संरक्षित ग्रीन जोनमा रहेका अवरोधहरू तोडेर बुधबार सयौं मानिसहरूले इराकको संसदमा पुगेका छन् । प्रधानमन्त्रीका लागि विपक्षी समूहको उम्मेदवारीको विरोधमा शक्तिशाली इराकी धर्म गुरु मोक्तादा अल–सद्रका सयौं समर्थक संसद भवन प्रवेश गरेका हुन् ।
९ महिनाभन्दा बढी अघि इराकीहरूले आफ्नो पछिल्लो आम चुनावमा मतदान गरेपछि नयाँ सरकार निर्माण गर्ने प्रयासमा निरन्तर गतिरोध आएको छ ।
देशको नयाँ प्रधानमन्त्री र राष्ट्रपति को हुने भन्नेमा देशका राजनीतिक गुटबीच कुनै सहमति भएको छैन । प्रधानमन्त्रीका लागि पछिल्लो नामाङ्कनले आक्रोशित प्रदर्शनकारी संसद् भवन प्रवेश गरेपछि नाराबाजी र रमाइलो गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय न्यायिक समितिको अनुगमन तथा निरीक्षण किन गरिन्छ ?
-
बाढीपहिरो पीडितलाई राहतको व्यवस्था मिलाउन राष्ट्रिय जनमोर्चाको माग
-
घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते
-
पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल
-
पहिरोमा परी घाइते भएका लिम्बूको हेलिकप्टरमार्फत उद्धार
-
एकीकृत समाजवादीको महाधिवेशनको उत्सव, तस्बिरहरू