आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रोमानियामा विवेक र आँचलको रोमान्स

बिहीबार, १२ साउन २०७९, ११ : २५
बिहीबार, १२ साउन २०७९

अभिनेत्री आँचल शर्मा अहिले रोमानियामा छिन् । फिल्म ‘वर एण्ड वधु’ को छायाङ्कनका लागि उनी त्यहाँ पुगेकी  हुन् । रोमानियामा विभिन्न ठाउँमा फिल्मको छायाँकन भइरहेको छ । 

फिल्म युनिटले फिल्मको रोमानिया छायाङ्कनका केही तस्विरहरू सार्वजनिक गरेको छ । जसमा आँचल र नव–नायक विवेक कर्माचार्य रोमान्टिक मुडमा देखिएका छन् । फिल्मका निर्देशक मिलन चाम्स हुन् । चाम्सले ३ दिनमा फिल्मको रोमानिया छायाङ्कन सकिने र बाँकी छायाङ्कन नेपालमा गर्ने बताए ।

रोमान्टिक कमेडी कथामा निर्माण भैरहेको फिल्म एलआरके इन्टरटेनमेन्टको ब्यानरमा तयार पारिएको हो । फिल्मका कार्यकारी निर्माता डा.अमित रिजाल हुन् । सुदीप बरालको छायाङ्कन रहेको चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप