काठमाडौं उपत्यकामा एकैदिन २२ सयभन्दा बढी सवारी चालकमाथि कारवाही
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २७६ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई बुधबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १७४ जना, मदिरा पिएर सवारी साधन चलाउने १२० जना, लेन उल्लंघन गर्ने १०४ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९७ जना र तिब्र गतीमा सवारी साधन चलाउने ७५ जना सवारी चालक रहेका छन् ।
यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ६७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६२ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २८ जना र क्षमता भन्दा बढी यात्रु राख्ने १७ जना चालकमाथि पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।
लेन, ट्राफिक लाइट उल्लंघन र मादक पदार्थ सेवनको कारवाहीमा परेका ३४३ जना चालक कार्यालयले सञ्चालन गरेको सचेतना कक्षामा बुधबार सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन