माओवादी स्थायी समिति बैठक भोलि बस्ने गरी सकियो
बिहीबार, १२ साउन २०७९, ०५ : ००
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि पुनः बस्नेगरी सकिएको छ । बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठक भर्खरै सकिएको हो । बैठकमा आगामी प्रदेश र संघीय निर्वाचनका विषयमा तथ्य तथ्यांक केलाउनुका साथै रणनीतिक विषयमा छलफल भएको स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए ।
‘आजको बैठकमा जम्मा करिब २ घण्टा छलफल गरियो, त्यसमा मुख्यतः आगामी प्रदेश र संघीय निर्वाचनका विषयमा छलफल भयो । समसामयिक राजनीतिक विषयमा अध्यक्षले ब्रिफिङ गराउनुभो । भोलि बिहान ८ बजे बस्ने गरी बैठक सकियो’ पोखरेलले भने ।
स्थायी समिति बैठकमा स्थानीय तहको चुनावमा भएको अन्तर्घातका विषय र विद्यार्थी विवादका विषयमा छलफल हुने बताइएको छ । यही बैठकबाट पदाधिकारी चयन र अपूर्ण स्थायी समितिलाई टुंग्याउने दबाब दिइने पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन
-
नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण
-
विचार संश्लेषणको लागि ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने नेकपाको निर्णय
-
रविलाई न्यायाधीशले मुस्कुराएर भने– तपाईंको अनुभव पछि काम लाग्छ
-
अल्पसङ्ख्यकहरूको अधिकारमा नेपाल विश्वकै उदाहरणीय : परराष्ट्रमन्त्री