घाँस काट्न गएकी युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ
बिहीबार, १२ साउन २०७९, १० : ३६

रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–५ स्थित नेवारडाँडा जंगलमा घाँस काट्न गएकी १९ वर्षीया युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैना स्थित गढवा घर भएका ४८ वर्षीय निलमणि दमाई छन् ।
साउन १० मा बारुलाले टोकेर युवती चिच्याएको सुनेर दाउरा काटिरहेका निलमणि युवती भएको ठाउँमा पुगेका थिए । सहयोग गर्ने बहाना बनाएर उनले बलात्कार प्रयास गरेको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर जगन्नाथ मरासिनीले रातोपाटीलाई बताए ।
बलात्कार प्रयास भएपछि युवती बलपूर्वक उनको पञ्जाबाट फुत्केर भागेकी थिइन् । आरोपितविरुद्ध जबर्जस्ती करणी उद्योग मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको इन्स्पेक्टर मरासिनीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री
-
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’
-
कर्णाली नदीमा डुबेर दुई किशोर बेपत्ता
-
एमालेभित्र गुटगत प्रतिशोधले झडपका शृङ्खला, निसानामा नेताका टाउका !
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)