सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

भाइको फिल्मबाट कमव्याक गर्दै सोनाक्षी

बिहीबार, १२ साउन २०७९, १० : १९
बिहीबार, १२ साउन २०७९

बलिउड अभिनेत्रीले सोनाक्षी सिन्हाले आफ्नो नयाँ फिल्म ‘निकिता रोय एण्ड द बुक अफ डार्कनेस’को पोस्टर सार्वजनिक गर्दै झण्डै तीन वर्षपछि दर्शकमाझ आउन लागेको जनाउ दिएकी छन् । यो फिल्ममार्फत सोनाक्षीका भाइ कुश सिन्हाले निर्देशनमा डेब्यू गर्दैछन् ।

‘फिल्मको सुटिङ चाँडै सुरु हुँदैछ । कुश सिन्हा यो फिल्मबाट आफ्नो निर्देशकमा डेब्यू गर्दैछन् । यो फिल्ममा परेश रावल र सोहेल नय्यरका साथ स्क्रिन शेयर गर्नेछु’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

फिल्मको पोस्टरमा सोनाक्षीको अनुहारको एक भाग देखाइएको छ । फिल्ममा उनको शैली निकै फरक देखाइएको छ । सोनाक्षीको यो फिल्ममा निकी भगनानी, विकी भगनानी र अंकुर टकरानीको लगानी हुनेछ ।

सोनाक्षी पछिल्लोपटक सलमान खानको फिल्म ‘दबंग ३’मा देखिएकी थिइन् । तर फिल्म बक्सअफिसमा असफल साबित भयो । सोनाक्षीका पछिल्ला केही फिल्मले बक्सअफिसमा खासै कमाल देखाउन सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप