अमेरिकामा ४० वर्ष यताकै उच्च महँगी, फेरि बढाइयो ब्याजदर
बढ्दो मूल्यलाई नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि एकपटक ब्याजदरमा ठूलो वृद्धि गर्ने घोषणा गरेको छ । बैंकले लगातार दोस्रो पटक ब्याजदर ०.७५ प्रतिशतले बढाएको हो ।
संघीय कोषको लक्ष्य कर्जा दर अर्थात् केन्द्रीय बैंकबाट स्वदेशी बैंकले लिने दरलाई २ दशमलव २५ प्रतिशतबाट २ दशमलव ५ प्रतिशतमा पुर्याइएको बताइएको छ । बैंकले अर्थतन्त्रमा मागको स्तर र मूल्य घटाउन मार्चदेखि ऋणको लागत बढाउँदै आएको छ । तर यो कदमले अमेरिकालाई मन्दीतर्फ लैजान्छ कि भन्ने डर बढ्दै गएको छ ।
धेरैले यस हप्ताको आधिकारिक तथ्याङ्कले लगातार दोस्रो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र कमजोर भएको देखाउने अपेक्षा गरेका छन्। पत्रकार सम्मेलनमा फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले अर्थतन्त्रको केही भाग सुस्त भएको स्वीकार गरे तर मुद्रास्फीतिलाई नियन्त्रण गर्न बैंकले जोखिमका बाबजुद आगामी महिनाहरूमा ब्याजदर बढाउने बताए। अमेरिकामा मुद्रास्फीति ४० वर्षकै उच्च विन्दुमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बन्ने चर्चा हुनु धेरै राम्रो : ओली
-
अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रमा राष्ट्रको हित र जनता हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
फ्रान्समा चरम दक्षिणपन्थी पार्टी पहिलोपटक सत्तामा आउने सम्भावना
-
नाबालिगलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ
-
अर्थ मन्त्रालयद्वारा दीर्घरोगी बिरामीका लागि ३५ करोड निकासा
-
साउदी अरबको बिन याला एक्सचेन्ज र नेपाल रेमिटबिच सम्झौता