महिला युरो : फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा
बिहीबार, १२ साउन २०७९, ०६ : ३६
प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई २-१ अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । अब, जर्मनीले उपाधिका लागि घरेलु टोली इङ्ग्ल्यान्डको सामना गर्नेछ । अघिल्लो रात इङ्ग्ल्यान्डले स्विडेनलाई पराजित गर्दै फाइनल पुगिसकेको छ ।
बुधबार राति पहिलो हाफ १-१ स्थितिमा सकिँदा दोस्रो हाफमा जर्मनीले विजयी गोल गरेको थियो । एलेक्जान्ड्रा पोपले खेलको ४० औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाइन। पहिलो हाफ सकिन एक मिनेट अघि जर्मनीकै मेर्ली फ्रोहमसले आत्मघाती गोल गर्दा फ्रान्स १-१ को अवस्थामा आइपुग्यो । ७६ औं मिनेटमा पोपले दोस्रो गोल गर्दै जर्मनीको जित सुनिश्चित गरिन ।
फाइनल खेल वेल्बली रंगशालामा आइतबार राति हुनेछ । जर्मनीले आठ पटक युरो जितेको छ भने इङ्ग्ल्यान्ड पहिलो उपाधिको संघारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान