मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

महिला युरो : फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा

बिहीबार, १२ साउन २०७९, ०६ : ३६
बिहीबार, १२ साउन २०७९

प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई २-१ अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । अब, जर्मनीले उपाधिका लागि घरेलु टोली इङ्ग्ल्यान्डको सामना गर्नेछ । अघिल्लो रात इङ्ग्ल्यान्डले स्विडेनलाई पराजित गर्दै फाइनल पुगिसकेको छ ।

बुधबार राति पहिलो हाफ १-१ स्थितिमा सकिँदा दोस्रो हाफमा जर्मनीले विजयी गोल गरेको थियो । एलेक्जान्ड्रा पोपले खेलको ४० औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाइन। पहिलो हाफ सकिन एक मिनेट अघि जर्मनीकै मेर्ली फ्रोहमसले आत्मघाती गोल गर्दा फ्रान्स १-१ को अवस्थामा आइपुग्यो । ७६ औं मिनेटमा पोपले दोस्रो गोल गर्दै जर्मनीको जित सुनिश्चित गरिन  । 

फाइनल खेल वेल्बली रंगशालामा आइतबार राति हुनेछ  । जर्मनीले आठ पटक युरो जितेको छ भने इङ्ग्ल्यान्ड पहिलो उपाधिको संघारमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप