शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

चुरे क्षेत्रका लागि ५ वर्षमा १५ अर्ब १७ करोड लागत अनुमान

बिहीबार, १२ साउन २०७९, ०५ : ५३
बिहीबार, १२ साउन २०७९

चुरे क्षेत्रका लागि आगामी ५ वर्षमा करिब १५ अर्ब १७ करोड लागत अनुमान गरिएको छ । राष्ट्रपति चुरे तराई/मधेस संरक्षण विकास समितिद्वारा संशोधनको तयारीमा रहेको चुरे संरक्षणको गुरुयोजना कार्यान्वयनका लागि ५ वर्षमा उक्त लागत अनुमान गरिएको हो।

समितिले चुरे-तराई मधेस संरक्षण तथा व्यवस्थापनसम्बन्धी २० वर्षे गुरुयोजना' को समीक्षा तथा परिमार्जनसहित प्रस्ताव गरेको छ। | २०७४ सालमा जारी गुरुयोजनामै हरेक ५ वर्षमा गुरुयोजना समीक्षा तथा परिमार्जन गरिने उल्लेख थियो। २०७३ सालमा स्वीकृत गुरुयोजनामा भने ५/५ वर्षमा चार चरणका कार्यक्रम प्रस्ताव गरिएको थियो । पहिलो चरणको कार्यक्रमलाई ८१  अर्ब ६१ करोड, दोस्रो चरणलाई ६७ अर्ब, तेस्रो चरणलाई ५१ अर्ब ९५ करोड, चौथो चरणलाई ४९ अर्ब ८७ करोड र अन्तिम वर्षका लागि एक अर्ब ८५ करोड रुपैयाँ प्रस्ताव गरिएको थियो । गुरुयोजनाले दोस्रो चरणलाई ६७ अर्ब बजेट अनुमान गरेको भए पनि हाल १५ अर्ब १७ करोड मात्रै बजेट अनुमान गरिएको छ। आजको कारोबार दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप