शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय शैक्षिक अवार्ड प्रदान

बुधबार, ११ साउन २०७९, २२ : ४५
बुधबार, ११ साउन २०७९

चौधौं अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनका अवसरमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव र भारतका पूर्वराष्ट्रपति डा.एपिजे अब्दुल कलामका नाममा स्थापित अन्तर्राष्ट्रिय शैक्षिक अवार्डबाट शिक्षाकर्मीलाई सम्मान गरिएको छ । डा.यादवका नाममा प्रेसिडेन्ट इन्टरनेशनल एजुकेसन अवार्ड र कलामका नाममा आउटस्ट्याण्डिङ इन्टरनेशनल एजुकेसन अवार्ड प्रदान गरिएकोे हो ।

नेपालसहित विभिन्न मुलुकका शिक्षाकर्मी, विज्ञ, प्रधानाध्यापक, शिक्षासेवी   शिक्षा पत्रकारलाई सो सम्मान प्रदान गरिएको हो । भारतको हिमाक्षरा संस्था र नेपालको शिक्षालय राष्ट्रिय मासिकको संयुक्त आयोजनामा भएको सो समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आज ती अवार्ड प्रदान गरेका हुन् ।

मन्त्री भुसालले नेपालको शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय सिकाइको अभ्यास गर्न जरुरी रहेको बताए । उनले गुणस्तरीय शिक्षाका लागि नेपालमा भएका प्रयासलाई संस्थागत गर्दै सर्वसुलभ शिक्षामा सबैको पहुँच पुर्याउनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप