नेपालको लगातार दोस्रो जित
नेपाली यू–२० राष्ट्रिय फुटबल टोलीले साफ यू–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–० गोलअन्तरले हराएको हो ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाललाई जित दिलाउन आयुस घलान, कृतिस राना र मयांक नकर्मीले एक–एक गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा तीन गोल गर्यो ।
खेलको ५८औं मिनेटमा आयुसले गोल गर्दै नेपाललाई अग्रता दिलाए । ६५औं मिनेटमा कृतिसले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । खेलको ८४औं मिनेटमा मनग्यले गोल गर्दै टिमलाई सहज जित दिलाए । नेपालको यो दोस्रो जित हो । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो ।
च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । नेपालले तेस्रो खेलमा भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन