बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

बुधबार, ११ साउन २०७९, २१ : ११
बुधबार, ११ साउन २०७९

रुपन्देहीको कञ्चनमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । कञ्चन गाउँपालिका वार्ड नम्बर १ हात्ती बजारकी ३१ वर्षीय सावित्री थापा छेत्रीको हत्या गरेको आशङ्कामा प्रहरीले  श्रीमान् यमबहादुर थापा क्षेत्रीलाई  नियन्त्रणमा लिएको हो ।

 सावित्री आज बिहान घरमै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनको शरीर र हातमा नीलडाम देखिएको र टाउको चोट समेत रहेकोले हत्या गरेको आशङ्कामा प्रहरीले श्रीमान्लाई नियन्त्रणमा लिएको हो ।

सावित्रीको शव पोस्टमार्टमका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको छ । श्रीमान् ३५ वर्षीय यमबहादुरले नियमित रूपमा मदिरा सेवन गर्ने भएकाले पारिवारिक झगडामा घटना भएको हुन सक्ने अनुमान गरिएको छ । उनलाई नियन्त्रणमा  लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप