शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाउने

बुधबार, ११ साउन २०७९, १९ : ५४
बुधबार, ११ साउन २०७९

बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपमा पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गरेको र बिहीबार प्रतिवेदनलाई अन्तिम रूप दिएर शुक्रबार बुझाउने तयारी गरेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।

उनले प्रतिवेदनमा समान धारणा आउने दाबी गरे । तर छलफलका क्रममा आएका फरक मतमा समेत सहमति खोजिने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप