बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल प्रहरीका ३६ जना उपरीक्षकले लगाए फुली

प्राविधिकतर्फ २३ जनालाई फुली
बुधबार, ११ साउन २०७९, १९ : ३१
बुधबार, ११ साउन २०७९

नेपाल प्रहरीमा बढुवा भएका ३६ जना उपरिक्षक (एसपी)ले दर्ज्यानी चिन्ह लगाएका छन् । असार २९ मा बढुवा समितिले प्रहरी उपरीक्षकमा बढुवा सिफारिस गरेको थियो ।

गृह सचिव टेकनारायण पाण्डेले सोमबार उनीहरुलाई बढुवा, नियुक्ति गर्ने निर्णय गरेका हुन् । बुधवार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बढुवा भएका अधिकृतहरूलाई फुली लगाइदिएका छन् । जनपदतर्फ देबेन्द्र बहादुर पाल, दुर्गाराज रेग्मी, सरोज पौडेल, सुधिर राज शाही र मोहन थापा सहित ३६ जना प्रहरी उपरीक्षकमा बढुवा भएका थिए ।

प्राविधिक समूहतर्फ बढुवा भएका २३ जना अधिकृतहरूलाई पनि आईजीपीले फुली लगाइदिएका छन् । प्राविधिकतर्फ प्रहरी वरिष्ठ उपरीक्षकमा २ जना, प्रहरी उपरीक्षक १२ जना, प्रहरी नायव उपरीक्षक १ जना र प्रहरी निरीक्षकमा ८ जना बढुवा भएका छन् ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका अधिकृतहरूलाई पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई आफ्नो क्षेत्रमा उत्कृष्ट काम गर्न निर्देशन दिएका छन् । समारोहमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ए.एम. चन्द्र बहादुर धामीले अपराधको क्षेत्रमा देखापरेका नयाँ चुनौतीको सामना गर्न इमान्दारीताका पुर्व काम गर्ने प्रतिबद्धता जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप