बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

‘एसपीपीबारे सुनेको भरमा संसदीय समितिमा छलफल गर्नु हुँदैन’

बुधबार, ११ साउन २०७९, १८ : ५०
बुधबार, ११ साउन २०७९

नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले एसपीपीको विषयमा सुनेको भरमा संसदीय समितिमा छलफल गर्नु नहुने बताएका छन् । बुधवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद सिंहले अनाधिकृत कागजातको विषयलाई लिएर एसपीपीको सम्बन्धमा समितिमा छलफल गर्नु नहुने धारणा राखेका हुन् ।

उनले प्रधानसेनापति र परराष्ट्र मन्त्रीले नेपाल कुनै सैन्य गठबन्धनमा सहभागि नहुने स्पष्ट पारिसकेको भन्दै सुनेको कुराको आधारमा सो विषयमा छलफल आवश्यक नरहेको बताए । आधिकारिक कागजात अध्ययन गरेर मात्रै समितिले एसपीपीमा सरकारको भूमिकाको बारेमा धारणा बनाउनु उपयुक्त हुने उनको भनाइ छ ।  

त्यस्तै नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले एसपीपीमा नेपाल सामेल नहुने पत्र अमेरिकालाई नपठाउनुले अँध्यारो कुनामा खिचडी पाक्दै छ कि भन्ने शंका उत्पन्न भएको बताए । उनले सरकारले आफ्नो परराष्ट्र नीतिलाई दह्रोगरी पक्रिन नसकेको टिप्पणी गरे ।  

जनता समाजवादी पार्टी नेपालकी सांसद रेनुका गुरुङले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव पुनः अगाडी बढाउनुपर्ने बताइन् । उनले विश्व द्वन्द्वमा फसिसकेको भन्दै नेपाललाई शान्ति क्षेत्र बनाउनु अपरिहार्य भइसकेको बताइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप