चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरेँ : भुवन केसी
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरेको बताएका छन् । बुधवार चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गर्दै अभिनेतासमेत रहेका केसीले यस्तो बताएका हुन् ।
उनले चलचित्र क्षेत्रको उत्थान र विकासका लागि आफू राजनीतिमा गएको बताए । पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग बोल्दै कार्यकारी अध्यक्ष केसीले आफूलाई चलचित्र क्षेत्रको विकासका लागि ठूलो जिम्मेवारी आएको बताए । उनले आफू ४ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा रहेकोले चलचित्र क्षेत्रका समस्यामा अवगत रहेको उल्लेख गरे । उनले आगामी दिनमा नेपाली चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्ने र विशेष गरी चलचित्र प्राविधिकहरुको समस्यामा जोड दिने प्रतिवद्धता जनाए ।
अध्यक्ष केसीले नेपाली चलचित्र क्षेत्रमा सानैदेखि प्रवेश गरेको भन्दै आफू बाँचुन्जेल चलचित्र क्षेत्रको उत्थानको लागि काम गर्ने बताए । कार्यकारी अध्यक्ष केसीले चलचित्रको विकास र उत्थानका लागि आफू लागिपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र चीनबिच कैदी साटासाट
-
ट्रम्पसँग डिनरमा गए जुकरबर्ग, चार वर्षअघि ट्रम्पमाथि लगाएका थिए प्रतिबन्ध
-
सिन्धुलीको बुद्धचित्त माला विवादमा थप एक जना पक्राउ
-
क्रान्तिकारी कम्युनिस्ट पार्टी राष्ट्रिय एकता महाधिवेशनको र्याली (तस्बिरहरु)
-
पराजित हुने भयले कर्णालीमा उम्मेदवारविहीन भयो एकीकृत समाजवादी
-
कांग्रेस–एमालेको गढमा माओवादीको धावा !