जसपा नेता हेमराज राई एमाले प्रवेश गर्ने तयारी
बुधबार, ११ साउन २०७९, १६ : १५

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य हेमराज राई नेकपा एमाले प्रवेश गर्ने तयारी गरेका छन् । जसपा नेता अशोक राई पक्षका नेता हेमराज राईले गत साउन १ गते पार्टीबाट राजीनामा दिएका थिए । जसपा विभाजन भएपछि राई एमाले प्रवेश गर्ने तयारी गरेको एक नेताले बताए । तत्कालीन एमाले उपाध्यक्ष अशोक राईले एमाले परित्याग गर्ने बेला राई उनीसँगै एमाले छोडेका थिए ।
जसपाबाट बाबुराम भट्टराई अलग भएपछि राई एमाले जान लागेका हुन् । तत्कालीन एमाले नेता कार्यकर्ता राईसँगै पुनः फर्किन लागेको बताएको छ । यसअघि राष्ट्रियसभा उम्मेदवार भएपनि राई निर्वाचित हुन सकेनन् । उनी एमालेका सोनाम शेर्पासँग पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला