बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

हाम्रो खेलकुदले सर्वकालीन सात खेलाडीलाई सम्मान गर्ने

बुधबार, ११ साउन २०७९, १६ : १२
बुधबार, ११ साउन २०७९

हाम्रो खेलकुदले सर्वकालीन सात जना खेलाडीलाई सम्मान गर्ने भएको छ । यही साउन १९ गते आयोजना हुने कार्यक्रममा नेपाली खेलकुद क्षेत्रमा योगदान पुगाएका खेलाडीलाई सम्मान गर्ने भएको हो । हाम्रो खेलकुदले पहिलो पटक खेलाडी सम्मान गर्न लागेको हो । हाम्रो खेलकुद २०७२ साल साउन १९ गतेबाट सञ्चालनमा आएको थियो ।

हाम्रो खेलकुदले सन् २०१९ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा नेपालमा आयोजना भएको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण गरेको थियो । हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले नेपाली खेलकुदलाई उचाईमा पुर्याउन योगदान दिने सर्वकालीन सात खेलाडीलाई हाम्रो खेलकुदको सातौं वार्षिकोत्सवको अवसरमा सम्मान गर्न लागिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप