बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

आइक्यान अवार्डबाट बुटवल पावर सम्मानित

बुधबार, ११ साउन २०७९, १५ : ५२
बुधबार, ११ साउन २०७९

बुटवल पावर कम्पनी लिमिटेड साधारण क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)ले आर्थिक वर्ष २०७७/७८ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा महालेखा नियन्त्रक सुमन राज अर्याल र आइक्यानका अध्यक्ष युद्धराज ओलीले संयुक्त रुपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तर कुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरेका हुन् । यस अवार्डले आगामी दिनहरुमा अझ वढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

कम्पनीको परिष्कृत वार्षिक प्रतिवेदनले साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट्स् (साफा)ले दक्षिण एसियालीस्तरमा आयोजना गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डका लागि समेत प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप