माग पूरा नभए तेस्रो चरणको आन्दोलन हुन्छ : राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधवार काठमाडौंमा बढ्दो महँगी बिरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महँगी विरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो ।
आज राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संघीय राजधानी काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा थाल ठटाएर विरोध प्रदर्शन गरेको थियो । काठमाडौंको भृकुटीमण्डप, ललितपुर, भक्तपुर लगायत मुख्य शहरमा पनि विरोध प्रदर्शन गरेको राप्रपाले जनाएको छ ।
विरोध प्रदर्शनपछि सञ्चारकर्मीहरूसँग बोल्दै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष एवं राप्रपा नेतृ अञ्जना रावलले आफूहरुले सरकारलाई बढ्दो महँगीको बारेमा ध्यानाकर्षण गराइसकेको तर सरकारले कुनै चासो नदेखाएकोले शान्तिपूर्ण रुपमा दोस्रो चरणको आन्दोलन आजबाट सुरु गरिएको बताइन् । उनले संगठनले आज शान्तिपूर्ण रुपमा थाल ठटाएर आन्दोलन गरेको र आगामी दिनमा माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने
चेतावनी समेत दिइन् ।
उनले भनिन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले आज दोस्रो चरणको आन्दोलन शुरु गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अगुवाईमा सरकारले गरेको महँगीको बिरुद्धमा हामी सरकारलाई ध्यानाकर्षण गराउनको लागि थाल ठटाएर सडकमा आएका छौँ । हाम्रो दोस्रो चरणको आन्दोलन पनि सुनुवाई भएन भने तेस्रो चरणको आन्दोलन भदौको पहिलो हप्तामा शुरु गर्नेछौँ ।’
महँगीले नेपालीहरूको भान्सा महँगो भएको भन्दै जनता यस्तो अवस्थामा खान नसक्ने अवस्थामा पुगेकाले आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ । राप्रपाले पछिल्लो समय महँगी, भ्रष्टाचारविरुद्ध सडकमा आन्दोलन गर्दै आएको छ । राप्रपाले महँगीलाई नियन्त्रण गरेर जनतालाई राहत पु¥याउन सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कले साँच्चै दिन लागेका हुन् २ करोड डलर क्रिप्टो दान ?
-
अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान
-
नेपालमै अन्तःशुल्क स्टिकर छाप्ने परिस्थिति निर्माण गर्छौं : मन्त्री गुरुङ
-
१३ वर्षपछि सिरियामा दूतावास खोल्दैछ कतार
-
वार्षिक १० हजार जनालाई रोजगारी दिने ‘कर्णाली समृद्धि परियोजना’ अलपत्र
-
इजलासमा मीनबहादुरका वकिलले भने– ‘सम्पत्ति कमाएको छु, दान दिन्छु भन्न पनि नपाउनु ?’