‘भिजिट भिसा’ लिएर रोजगारीका लागि विदेश नजान गृह मन्त्रालयको आग्रह
गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर रोजगारी गर्न पाउने प्रलोभनमा नपर्न सूचित गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भिजिट भिसामा पर्यटकका रुपमा मात्र विदेश जान पनि सुझाएको छ ।
मन्त्रालयले पछिल्लो समय नेपाली नागरिकहरु भिजिट भिसामा विदेश गएर अलपत्र पर्ने, काम नपाउने, गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फिर्ता हुने लगायतका विभिन्न कठिनाइ भोगिरहेको गुनासो आइरहेको भन्दै भिजिट भिसा विदेशमा काम गर्ने, श्रम गर्ने, रोजगारीमा जाने भिसा नभई विशुद्ध भ्रमण प्रयोजनका लागि मात्र प्रयोग गर्नुपर्ने भिसा रहेको प्रस्ट पारेको छ ।
विदेशमा रोजगारीका लागि जाने नेपाली नागरिकले सम्बन्धित निकायबाट प्रचलित कानुन बमोजिम श्रम स्वीकृति लगायतका प्रक्रिया पूरा गरेरमात्र जान पनि मन्त्रालयले सचेत गराएको छ ।
स्थानीय तहलाई समेत आफ्नो क्षेत्रभित्रको नागरिक विदेश भ्रमण वा रोजगारीको सिलसिलामा जाँदा त्यस्ता व्यक्तिहरुको अभिलेखन तथा आवश्यक कानुनी प्रक्रियाको सहजीकरण तथा परामर्श प्रदान गर्ने व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या
-
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह
-
अखिल (क्रान्तिकारी) आरआर क्याम्पस इकाइका पदाधिकारीद्वारा केन्द्रीय सचिव र इकाइ अध्यक्षलाई कारबाहीको माग
-
मकवानपुरमा शैक्षिक सम्मेलन हुँदै