नेपाल बैंक र एनसेलबीच सम्झौता
नेपालको पहिलो बैंक नेपाल बैंक र एनसेल एक्सीयाटाबीच नेपाल बैंकका मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुलाई डाटा शुल्क नलाग्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र एनसेल एक्सीयाटाका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
यो सम्झौता अनुशार नेपाल बैंकमा खाता भएका ग्राहकहरुलाई एनसेलको सिम प्रयोग गरि नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा निःशुल्क उपलब्ध हुनेछ । नेपाल बैंकले नेपाल टेलिकमको सिम प्रयोग गर्ने ग्राहकहरुलाई यस अघि नै यो सुबिधा प्रदान गरिसकेको छ । अबदेखि नेपाल टेलिकम र एनसेल दुबैको नेटवर्क मार्फत नेपाल बैंकका ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा कुनै डाटा शुल्क नलाग्ने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : जीबीलाई ४ रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह